ताप्लेजुङमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार ०७:१३
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार फक्ताङलुङ गाउँपालिका–५ याङशीला चोकमा बुधबार दिउँसो १ः३० बजेतिर दुर्घटना भएको हो । लेलेपबाट तापेथोकतर्फ जाँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बोलेरो चालक पाँचथरको फिदिम नगरपालिका–३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका क्रममा आधारभूत स्वास्थ्य चौकी तापेथोकमा दिउँसो ३ः५५ बजेतिर मृत्यु भएको हो ।

दुर्घटनामा परेर फिदिम–३ का सौजन श्रेष्ठ घाइते भएका छन् । गम्भीर अवस्थाका उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.