सुनसरीको कोशीमा आगलागी, ५ परिवारका १० वटा घर ध्वस्त

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार ०७:१०
प्रतीकात्मक तस्बिर

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा बिहीबार अपरान्ह आगलागी भएको छ । कोशी–६ मा आगलागी हुँदा ५ परिवारका १० घर जलेर ध्वस्त भएको छ ।

आगलागीमा ६० लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । गाईवस्तुलाई लाग्ने झिँगा र लामखुट्टे धपाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।

आगोले बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । आगोले बाबुनन्द गोइतको घरभित्र रहेको १ लाख नगद जलेको बताइएको छ ।

आगोले १० वटा घरसहित घरभित्र रहेका फर्निचर, खाद्यान्न, लत्ताकपडा, सुनचाँदी, नगदसहित सम्पूर्ण सामग्री जलेर खरानी भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बाबुन्दको घरबाट आगलागी सुरु भएको हो ।

नेपाल र सशस्त्र प्रहरी, स्थानीय तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीले आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्दै घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.