
पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आज (शुक्रबार) बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाएको छ ।
बिहान ७ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको निष्कर्ष निकाल्दै निषेधाज्ञा हटाउने निर्णय गरेको थियो ।
वैशाख १ गतेदेखि वीरुगन्जमा निषेधाज्ञा लगाइएको थियो । २ समूहबीचको विवाद र तनावले उग्ररूप लिएपछि वीरगञ्जमा कर्फ्यु समेत लगाइएको थियो ।


























