कोशीका एमाले सांसदलाई एआई तालिम

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार ११:५८

विराटनगर । कोशीका प्रदेशसभा सदस्य (प्रदेश सांसद)लाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तालिम दिइएको छ ।

नेकपा (एमाले) प्रदेश संसदीय दलले एमालेका प्रदेशसभा सदस्यहरु र स्वकीय सचिवहरुलाई बिहीबार तालिम दिएको हो । नयाँ प्रविधिका बारेमा जानकारी पाउँदा सांसदहरु उत्साहित बनेको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङथेपले बताए ।

एआईका सम्बन्धमा अझै विस्तृत तालिम आवश्यक रहेको उनको भनाइ छ । सांसदहरुले विकसित प्रविधिका बारेमा जानकार हुन आवश्यक रहेको बताएका छन् ।

प्रदेश सांसद किशोरचन्द्र दुलालले अहिलेको समयमा नयाँ प्रविधिलाई प्रयोग गर्दा उपलब्धि हासिल गर्न सकिने बताए । तालिम उपलब्धिमूलक भएको उनको भनाइ छ ।

प्रदेश सांसद र स्वकीय सचिवहरुलाई एआईका बारेमा आधारभूत जानकारी र दैनिक जीवनमा काम लाग्ने केही एआई ‘टुल्स’का बारेमा प्रयोगात्मक अभ्यास गराइएको प्रशिक्षक लीलाराज भट्टराईले बताए । सामाजिक सञ्जाल प्रयोगको अवस्था, औचित्य र सावधानीका बारेमा पत्रकार हिमाल दाहालले प्रस्तुति दिएका थिए ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.