नेपाल विश्व कपमा छनोट हुन असफल

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ६, शनिबार १७:५८

काठमाडौं । नेपाल यू १९ विश्व कपमा छनोट हुन असफल भएको छ । आइसिसी यू १९ विश्व कप एसिया क्षेत्र छनोटअन्तर्गत शनिबार (आज) नेपाल र अफगानिस्तानबिचको खेल वर्षाको कारण रद्द भएपछि यात्रामा रोकिएको हो ।

काठमाडौंस्थित मूलपानीको खेल मैदानमा बिहान ९ : ३० बजे सुरु हुनुपर्ने खेल वर्षाको कारण समय सारिएको थियो । तर, भिजेको मैदानमा खेल हुन नसक्ने अम्पायरले निर्णय गरेसँगै अफगानिस्तान विश्व कपमा छनोट भयो ।

अर्को वर्ष जिम्बाबे र नामिबियामा हुने आइसिसी यू १९ विश्व कपमा प्रवेशका लागि नेपालले अफगानिस्तानलाई हराउनै पर्ने थियो ।

नेपालको ९ औँ पटक विश्व कप खेल्ने सपना पूरा हुन सकेन । यसअघि नेपालले ८ पटक विश्व कप खेलेको छ । नेपाल र अफगानिस्तानले समान ३ खेल जितेर ६ अंक बनाएका थिए ।

तर, रन रेटका आधारमा अफगानिस्तानले छनोट भयो ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.