पाथीभरा क्षेत्रमा बिजुलीको पोलमा ठोक्किएपछि जिपमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु भएको आशंका

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ८, सोमबार ०६:२८
प्रतीकात्मक तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा सडकमा गुडिरहेको बोलेरो जिप बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

पोलमा बोलेरो जिप ठोकिएपछि हाइटेन्सन लाइनको तार त्यही जिपमाथि खसेर एक्कासि आगलागी भएको आशंका गरिएको हो । जिपमा आगलागी हुँदा जलेर कम्तीमा ६ जनाको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

यद्यपि, यसलाई प्रहरीले पुष्टि गरिसकेको छैन । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलले ठूलै संख्यामा हातहाती भएको आशंका गरिएको बताए । आगोले थुप्रै जना जलेको अवस्थामा देखिएको उनको भनाइ छ ।

केहीलाई उपचारका लागि जिल्ला अस्पतालसमेत पठाइएको छ । पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा घटना भएको प्रहरीको भनाइ छ ।

सवारी नम्बर ३०११ रहेको बताइए पनि पूरा नम्बर प्राप्त भइसकेको छैन । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.