विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा जिपमा आगलागी भएर ४ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्कीले परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूलाई थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी दिए । घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई उनले निर्देशन दिएका छन् ।
प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आज (सोमबार) बिहान आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु, २ जना घाइतेको उद्धार

























