
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–२ को लार्फ गाउँनजिकै ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पलाँता–९ थिर्पूदेखि खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर आइतबार राति ११ः३० बजेतिर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा पलाँता–५ की ३२ वर्षीया अम्मा शाही, पताँला–४ की ३८ वर्षीया सदु बुढा, २३ वर्षीय रवीन्द्र विश्वकर्मा र ट्याक्टर चालक मुगु खत्याडका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेको थियो । ट्याक्टर घटनास्थलमै छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























