
रुपन्देही । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।
सोमबार दिउँसो नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव,१४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन बेपत्ता भएका हुन् । नदीमा बेपत्ता बालकहरूको खोजी कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।
तालिम प्राप्त सुरक्षाकर्मी टोली उनीहरूको खोजी कार्यमा परिचालन भएको प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले बताए ।

























