
झापा । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका १ जनाको सोमबार अपरान्ह मृत्यु भएको छ ।
इलामको माङ्सेबुङ गाउँपालिका–४ घर भएका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको कारागार कार्यालय झापाले जनाएको छ । कारागारका अनुसार विश्वकर्मा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका कैदी हुन् ।
विश्वकर्माको मेडिकल रिपोर्टमा घाँटीको क्यान्सरको लक्षण देखा परेको थियो । अचानक श्वास बढेर उनी अपरान्ह ४ः२५ बजेतिर कारागारभित्रै ढलेका थिए ।
उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा मृतकको परिवारलाई जानकारी दिइसकेको छ ।

























