जीप दुर्घटना : मृतकको शव परिवारले बुझ्यो

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार १२:००

ताप्लेजुङ । पाथीभरा क्षेत्रमा सोमबार भएको जीप आगलागीको घटनामा मृत्यु भएकाहरुको शव परिवारले बुझेको छ । झापा भद्रपुरका विनोद पौडेल, सरिता पौडेल र ललितपुरकी आध्या आचार्यको शव विनोदका भाइ महेश पौडेलले बुझेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । शव बुझेका महेशका अनुसार तीनै जनाको आज झापा भद्रपुरमा अन्त्येष्टि गरिने छ ।

‘छोरो (विनोद–सरिताको) अस्ट्रेलियाबाट आज दिउँसो २ बजे काठमाडौं आउँदै छ । तीन बजे काठमाडौंबाट भद्रपुर आउने टिकट गरेका छौं । ऊ आइपुगेपछि आजै अन्तेष्टि गछौं,’ महेशले भने, ‘नातिनी आध्याको अन्तेष्टि पनि हजुरबा–आमासँगै झापामै गछौं ।’

आमा (सविना पौडेल आचार्य) को उपचार भइरहेका कारण शव काठमाडौं लैजाने अवस्था नभएकाले ललितपुर निवासी आध्याको पनि अन्त्येष्टि झापामै गर्ने उनले बताए । सविनाको काठमाडौं उपचार भइरहेको छ ।

सवारी चालक ताप्लेजुङ फुङलिङ निवासी दुर्गा भट्टराईको अन्त्येष्टि परिवारले आज बिहान ११ बजे फुरुम्बुको सिस्ने दोभान घाटमा गर्ने परिवारका सदस्य इन्द्रनारायण भट्टराईले बताए । भट्टराईको आज बिहान र अन्यको हिजो बेलुका जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको हो ।

पाँचजना यात्रु लिएर पाथीभरा जाँदै गरेको जीपमा सोमबार बिहान पाथीभरा क्षेत्रको सेवारो चोक नजिक विद्युतीय करेन्ट लागेर दुर्घटना भएको थियो । जीपमा सवार चालकसहितका चार जनाको घटनास्थलमै जलेर मृत्यु भएको थियो भने एक जना सख्त घाइते भएका थिए । एक जना बालकको अवस्था सामान्य छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.