झापामा ट्यांकरको ठक्करबाट पुजारीको मृत्यु

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार १३:२८
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । झापामा ट्यांकरको ठक्करबाट मंगलबार बिहान साइकलमा यात्रा गरिरहेका पुजारीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–८ घाघरा पुलमा बिहान ७ बजेतिर ना ७ प २९९७ नम्बरको ट्यांकरले साइकललाई ठक्कर दिएको थियो । केर्खाबाट बिर्तामोडतर्फ जाँदै गरेको ट्यांकरले सोशी दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री अर्जुनधारा नगरपालिका–५ का अन्दाजी ५५ वर्षीय लेखनाथ सापकोटाको मृत्यु भएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गम्भीर घाइते भएका सापकोटाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो । मृतक सापकोटा कल्याण केन्द्र सुरुंगाका पुजारी रहेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि प्रहरीले प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । ट्यांकर र चालक झापाको कमल गाउँपालिका–१ का ४६ वर्षीय भीमबहादुर कोइरालालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.