
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ४७ जना सहसचिवको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णयअनुसार मन्त्रालयले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)हरूको सरुवा गरेको हो । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामचरित्र मेहताको सरुवा भएको छ । उनी यसअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत कार्यरत थिए ।
कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवका रूपमा एकदेव अधिकारीको सरुवा भएको छ । अधिकारी सामान्य प्रशासन मन्त्रालयमै कार्यरत थिए ।
यी हुन् सरुवामा पर्ने सहसचिवहरु

























