
काठमाडौं । जम्मूू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा १ जना नेपालीसहित २७ जनाको मृत्यु भएको छ ।
हमलामा परी मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । बुटवल रुपन्देहीका सुदीप न्यौपाने नाम गरेका नेपाली नागरिक रहेकाे भारतीय अधिकारीहरूले जनाएका छन् ।
न्यौपानेको अन्य विवरण खुलिसकेको छैन । तर, उनका बुवाको नाम कुशल न्यौपाने रहेको बताइएको छ ।
त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले नेपाली हुनसक्ने अनुमान गरिएको छ । उनको देश खुलाइएको छैन ।
हमलामा परी १० जना घाइते भएका छन् । पहलगाम श्रीनगर बाट ७० किलोमिटर टाढा रहेको बताइएको छ ।

























