‘मिसन २०८४’ मा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १८:४३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिसन ०८४’ मा लाग्न आग्रह गरेका छन् । सरकारबारे अनेक चर्चा भइरहेका बेला उनले सरकारभन्दा चुनावको चिन्ता गर्न आग्रह गरेका छन् ।  बिहीबार काठमाडौंको भृकुटीमण्डपमा लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘युथ सेलिब्रेसन’ लाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले संसद‍्को बनावटअनुसार ठीक ढंगले देशलाई अघि बढाउन सकेसम्म प्रयासहरु एमालेले गर्ने बताए । ‘त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस्,’ उनले भने, ‘मिसन ०८४ एमालेलाई निर्णायक शक्तिका रुपमा विकास गर्ने मिसन हो । यसबाट देश बन्छ, समृद्धि, राष्ट्रिय एकता बन्छ ।’

‘यतिबेला नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको हो । स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नु पर्दछ । त्यसैकारण एमालेले सरकार बचाउ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिल्यै पनि चुनाव हेरेको हुन्छ । हामीले ७०, ७९ को चुनाव भन्यौ । ८४ को चुनाव भनेका छौं । मिसन ०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

उनले संसद‍्को बनावटअनुसार ठीक ढंगले देशलाई अघि बढाउन सकेसम्म प्रयासहरु एमालेले गर्ने बताए । ‘त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस्,’ उनले भने, ‘मिसन ०८४ एमालेलाई निर्णायक शक्तिका रुपमा विकास गर्ने मिसन हो । यसबाट देश बन्छ, समृद्धि, राष्ट्रिय एकता बन्छ ।’

तपाइको प्रतिक्रिया
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.