कोशी प्रदेशमा ११ जना डीएसपी परिवर्तन, को कहाँ ?

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १९:२१

विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको पछिल्लो सरुवाबाट कोशी प्रदेशमा ११ जना डीएसपी (प्रहरी नायव उपरीक्षक) परिवर्तन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले बुधबार नेपाल प्रहरीका १ सय २१ जना डीएसपीको सरुवा निकालेको थियो । डीएसपीको सरुवा हुँदा विभिन्न जिल्ला एवं युनिटका इन्चार्जसमेत फेरिएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान सहायता शाखा विराटनगरमा सरुवा भएका डीएसपी अनमोल खड्काको वडा प्रहरी कार्यालय विराटनगरको प्रमुखका रूपमा काज सरुवा भएको छ । यसअघि वडा प्रहरी कार्यालयको प्रमुख बुद्ध श्रेष्ठ थिए ।

डीएसपी ओमप्रकाश खनालको जिल्ला प्रहरी कार्यालय धनकुटामा दरबन्दी कायम भएको छ । विनोदकुमार सुनुवारको सरुवा भएपछि खनाललाई त्यहाँ पठाइएको हो ।

डीएसपी कोपिला चुँडालको जिल्ला प्रहरी कार्यालय मोरङ सरुवा भएको छ । मदन केसीको सरुवा भएपछि उनका ठाउँमा चुँडाल आउने भएकी हुन् ।

चिरञ्जीवी दाहालको नेपाल प्रहरी प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा धरान सुनसरीमा दरबन्दी तोकिएको छ । मिङ्मा शेर्पाको सरुवा गरेर उनको ठाउँमा दाहाललाई पठाइएको हो ।

कोशी प्रदेश प्रहरी गण विराटनगरमा बुद्ध श्रेष्ठका ठाउँमा प्रवीण कार्कीको दरबन्दी कायम भएको छ । डीएसपी विजय श्रेष्ठको इलाका प्रहरी कार्यालय अनारमनी झापामा सरुवा भएको छ । प्रकाश विष्टका ठाउँमा श्रेष्ठलाई खटाइएको हो ।

नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीमा वेदप्रसाद गौतमका ठाउँमा बुद्ध श्रेष्ठको सरुवा भएको छ । यसअघि कोशी प्रदेश प्रहरी गण विराटनगर दरबन्दी भएका श्रेष्ठ वडा प्रहरी कार्यालय विराटनगरको प्रमुख थिए ।

त्यस्तै, मोरङबाट मदन केसीको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा सरुवा भएको छ । डीएसपी कृष्ण खड्काको ठाउँमा उनलाई पठाइएको हो ।

डीएसपी मनोजित कुँवरको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु सरुवा भएको छ । द्वावारिकाप्रसाद घिमिरेलाई कुँवरले पालो दिने भएका हुन् ।

वेदप्रसाद गौतमको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा दरबन्दी कायम भएको छ । यसअघि रवि रावल ताप्लेजुङ प्रहरी प्रमुख थिए ।

सन्तोष श्रेष्ठको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सरुवा भएको छ । रामेश्वर त्वातीका ठाउँमा श्रेष्ठलाई पठाइएको हो ।

डीएसपी सुनील दाहालको कोशी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना योजना शाखा विराटनगरमा सरुवा भएको छ । सुवास भट्टराईको ठाउँमा दाहालको सरुवा भएको हो ।

पछिल्लो सरुवाबाट कोशीका विभिन्न युनिटमा ११ जना डीएसपी परिवर्तन भएका हुन् । वडा प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय अनारमनी झापा तथा जिल्ला प्रहरी कार्यालयहरु ओखलढुंगा, सोलुखुम्बु र ताप्लेजुङमा डीएसपी प्रमुख हुन्छन् ।

नेपाल प्रहरीका १२१ डीएसपीको सरुवा (सूचीसहित)

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.