विराटनगरमा बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १९:३९

विराटनगर । विराटनगरमा शुक्रबार अपरान्ह बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटना विराटनगर महानगरपालिका–५ इक्राहीमा भएको हो ।

बाँस लोड गरेर दावाबन्दीबाट केशलियातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर पल्टिएर दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर ट्याक्टरमा सवार सुनसरीको बर्जु गाउँपालिका–२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका साहलाई उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर लम्सालले बताए ।

दुर्घटनालगत्तै ट्याक्टर चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.