
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (आइतबार) शोक बिदा दिएको छ ।
पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले आज शोक बिदा दिएको हो ।
महानगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थरामको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।

























