
काठमाडौं । शिक्षा मन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षक नेताहरूबीचको वार्ता सुरु भएको छ ।
हिजो (सोमबार) राति अबेरसम्म बसेको वार्तामा सकारात्मक रहे पनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।
मंगलबार (आज) पनि ढिला गरी निरन्तरता दिइएको हो । वार्तामा शिक्षक महासंघका अध्यक्ष र उपाध्यक्षसहित ४ जना छन् । सरकारका तर्फबाट मन्त्री पन्तलाई शिक्षा मन्त्रालयका सचिवले साथ दिएका छन् ।
आजको वार्ता ठोस निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरूले उठान गरेका मागका विषयमा छलफल हुनेछ ।

























