हार्दिक पान्ड्यालाई २४ लाख जरिवाना

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २४, बुधबार १६:४३

विराटनगर । । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्ड्यालाई २४ लाख भारतीय रुपैयाँको जरिवाना तोकिएको छ ।

उनलाई गुजरात टाइटन्सविरुद्ध ‘स्लो ओभर’ का कारण जरिवाना तोकिएको हो । यसका साथै मुम्बईका प्लेइङ–११ र इम्प्याक्ट भएका खेलाडीहरूलाई पनि म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ ।

गुजरातका मुख्य प्रशिक्षक आशिष नेहरलाई पनि म्याच शुलकको २५ प्रतिशत जरिवार गरिएको छ । साथै आईपीएल आचारसंहिता उल्लंघन गरेको भन्दै एक डिमेरिट अंक पनि दिइएको छ । जसको कारण भने खुलाइएको छैन ।

वर्षाका कारण प्रभावित भएको उक्त खेलमा गुजरातले मुम्बईविरुद्ध अन्तिम बलमा जित निकालेको थियो । अन्तिम ओभरमा १५ रन जोड्दै गुजरातले जित निकालेको हो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.