…अनि फेल भयो प्रधानमन्त्री ओलीको मिर्गौला

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २५, बिहीबार ११:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) निरन्तर सेवन गर्दा मिर्गौला फेल भएको बताएका छन् ।

तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए । ‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’ उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’

एमाले अध्यक्ष समेत रहेका ओलीको मिर्गौला फेल भएपछि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । उनले हरेकले स्वास्थ्य जोगाउन कोशिस गर्नुपर्ने सल्लाह पनि दिएका छन् । प्रधानमन्त्री ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको संख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए ।

उनले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरुपमा गरेर स्वस्थ्य रहन सकिने र कुुष्ठारोग जस्ता संक्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गाैला फेल भएको सन्दर्भ उल्लेख गरे ।प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए । उनले रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठरोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।

तपाइको प्रतिक्रिया
नेउपानेलाई सचिवमा बढुवा गर्न न्याय परिषद्को सिफारिस
कांग्रेस वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×