भीआईपीको सहकारी ठगी मुद्दा : १७ दिनमा अदालत, १८ दिनमा खुल्यो धरौटी

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ३१, बुधबार १८:३५

काठमाडौं । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छाड्ने आदेश दिएको छ । बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले १० लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

संगठित अपराधको कसुरमा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने समयसीमा हुन्छ । तर प्रहरीले सांसद राईको हकमा १७ दिनमै अदालतमा मुद्दा बुझाएको थियो । १८ औं दिन बुधबार बयान र थुनछेक बहसपछि धरौटीमा छाड्न आदेश भएको हो ।

Advertisement

सांसद राई सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रुपैयाँ अपचलन भएको  थियाे । राई आर्थिक वर्ष २०७३ / ७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् । आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा उनी स्वर्णलक्ष्मी सहकारीको सहसचिवको जिम्मेवारीमा थिइन् ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २१ पुसमा ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो । त्यतिबेला सांसद राईलाई उन्मुक्ति दिइएको थियो । बैशाख १३ गते प्रहरीले कपनबाट सांसद राईलाई पक्राउ गरेको थियो । याे सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछाने पनि प्रतिवादी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.