किन दरपीठ भयो विश्व पौडेलविरुद्धको रिट ? यस्तो छ कारण

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २, शुक्रबार १३:३४

काठमाडौं ।  विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्ध दायर रिट निवेदन दरपीठ गरिदिएको हो । सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार तीन कारण उल्लेख गर्दै पौडेलविरुद्धको रिट दरपीठको निर्णय गरिएको छ ।

‘विपक्षीले कुन कारणले सामुहिक हक अधिकारको हनन भएको भन्ने रिट निवेदनमा खुलाउन नसकेको देखायो । विपक्षीलाई गभर्नर सिफारिस समितिले गभर्नर पदमा सिफारिस गरेको अवस्था नदेखिएको र अनिश्चित विषयमा निवेदन दर्ताका लागि निवेदन पेस भएकाले दरपीठको आदेश भएको छ,’ पाण्डेले भने ।

पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले रिट पेस गरेका थिए । उनीहरूले गभर्नर हुनका लागि पौडेलको योग्यता नपुग्ने पनि दाबी गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.