संघीय सरकारको बजेट भोलि दिउँसो ३ बजे

Share this
816shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १८:४३

काठमाडौं । संघीय सरकारले भोलि (बिहीबार) आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा दिउँसो ३ बजे अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरुद्ध गरेका विपक्षी दलले सरकारलाई बजेट ल्याउँदा भने अवराेध नगर्ने बताएका छन् ।

संघीय संसद् बैठक भोलि दिउँसो १ः४५ बजे बोलाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.