भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइने

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार ०७:०२

एजेन्सी । यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी भारतीय नर्स निमिषा प्रियालाई जुलाई १६ मा फाँसी दिइने भएको छ ।

केरला राज्यकी ४४ वर्षीया निमिषाले सन् २००८ मा यमनको राजधानी सानामा नर्सको रूपमा काम सुरु गरेकी थिइन् । पछि उनले क्लिनिक खोलेर स्थानीय व्यापारी तलाल अब्दो महदीसँग साझेदारी गरेकी थिइन् ।

Advertisement

सम्बन्ध विग्रिएपछि महदीलाई लागूपदार्थको सुई दिएर हत्या गरेको अभियोगमा सन् २०२० मा यमनी अदालतले निमिषालाई मृत्युदण्ड सुनाएको हो । उनीविरुद्धको फैसला यमनको सर्वोच्च अदालतले सन् २०२३ मा सदर गरेको थियो । सन् २०२४ को जनवरीमा हुथी विद्रोहीहरूको सर्वोच्च राजनीतिक परिषदले मृत्युदण्डको अनुमोदन गरेपछि उनको फाँसीको मिति तय गरिएको हो।

भारतमा उनको पक्षमा बचाउ अभियान चलिरहेको छ। परिवारले ‘रक्तपैसा’को व्यवस्था गरी फाँसी रोक्न यमनी पीडित परिवारसँग सहमति खोजिरहेको छ। तर, पीडित परिवार सम्पर्कबाहिर रहेकाले प्रक्रिया अवरुद्ध छ।

भारत सरकारमाथि कूटनीतिक पहल गर्न दबाब बढेको छ। यदि सम्झौता हुन नसके, १६ जुलाईमा निमिषालाई यमनमा फाँसी दिइने विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यो पछिल्ला वर्षहरूमा विदेशी भूमिमा मृत्युदण्ड पाउने दुर्लभ प्रकरण हो ।

तपाइको प्रतिक्रिया
देवानगन्जको तनाव नियन्त्रणमा, २० भन्दा बढी घर तथा पसलमा क्षतिको अनुमान
सुनसरीका १० स्थानीय तहमा अनिश्चितकालीन कर्फ्यु
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
भद्रपुरमा एक युवती आफ्नै घरमा मृत फेला, माइती पक्षद्वारा घटना शंकास्पद भएको दाबी
सुनसरीको देवानगन्जमा भीषण हुलदंगा र झडप : स्थिति पूर्णरूपमा तनावग्रस्त, अवस्था सुरक्षा नियन्त्रणबाहिर
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालद्वारा प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी खनालले दिए प्रहरी कर्मचारीहरूलाई विशेष निर्देशन
सुनसरी घटनाप्रति प्रलोपाको ध्यानाकर्षण, उच्चस्तरीय छानबिन र क्षतिपूर्तिको माग
देवानगन्ज घटनाका घाइतेलाई स्वास्थ्यमन्त्रीले भेटिन्, उपचारमा कमी हुन नदिने प्रतिबद्धता
सडक अवरुद्ध हुँदा मूल्यवृद्धि, बेली ब्रिज जडान गर्ने तयारी
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
उद्योगी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×