
विराटनगर । नेपाल डेन्टल एसोसिएसन मोरङको अध्यक्षमा डा. निमिषा दास सर्वसम्मत चयन भएकी छन् ।
विराटनगरमा भएको डेन्टल एसोसिएसन मोरङको भेलाले डा. दासको अध्यक्षतामा ८ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा डा. अभिषेक कुमार, महासचिव डा. मो. कमरुल हक, सहसचिव डा. आदित्य साह र कोषाध्यक्ष डा. धिरजकुमार मण्डल चयन भए ।
त्यस्तै, सदस्यहरूमा डा. मीरा ठाकुर, डा. शेखरकुमार मण्डल र डा. मो. रिजवान अली चयन भएका छन् ।
नवनिर्वाचित कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ ।

























