वीरगञ्जमा फैलियो हैजा, पानी परीक्षण सुरु

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ८, आइतबार १२:५७

वीरगन्ज । वीरगन्जमा हैजा फैलिएको पुष्टि भएसँगै खानेपानी परीक्षण र शुद्धीकरणको कार्य तीव्र गतिमा अघि बढाइएको छ ।

हैजा प्रभावित क्षेत्रका वडामा खानेपानी तथा ढल व्यवस्थापन विभागले मोबाइल भ्यानसहितको प्राविधिक टोली खटाएको छ । खानेपानीमन्त्री प्रदीप यादवले स्वयं प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेका छन् ।

उनले आइतबार बिहानैदेखि प्राविधिक टोलीले विभिन्न वडामा पानी परीक्षण र शुद्धीकरण सुरू गरिसकेको जानकारी दिए । मन्त्रालय र स्वास्थ्य विभागका अतिरिक्त टोली पनि सक्रिय रूपमा परिचालित छन् ।

विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार तत्कालै मोबाइल टोली पठाएर पानीको नमुना संकलन गरिएको जानकारी दिए । परीक्षणको रिपोर्ट साँझसम्म आइसक्ने उनको भनाइ छ । उनले संक्रमित क्षेत्रको पानी परीक्षण र शुद्धीकरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

गत शुक्रबार वीरगञ्जमा ३ जनामा हैजा पुष्टि भएको थियो । हैजा जस्तै लक्षण देखिएका २ जनाको शनिबार मृत्यु भएको जनाइएको छ । त्यसलगत्तै हैजा नियन्त्रणका लागि सरकारले सक्रियता बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×