पर्यटकसँगै बढ्यो विदेशी मुद्रा

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ९, सोमबार २०:१९
साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा 

काठमाडौं । गत आर्थिक वर्ष नेपाल आउने पर्यटकसँगै ८८ अर्ब ६६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०–८१ को तुलनामा ७.७ प्रतिशतले भ्रमण आय सुधार भएको हो । अघिल्लो वर्ष ८२ अर्ब ३३ करोड भित्रिएको थियो ।

राष्ट्र बैंकका अनुसार यस वर्ष खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा छ । भ्रमण व्यय २ खर्ब २३ अर्ब ७२ करोड पुगेको छ । यसमा शिक्षाका लागि विदेशिएको रकम १ खर्ब ३८ अर्ब ४८ करोड छ ।

गत आव नेपालबाट विदेश भ्रमण जाने नेपालीले ८५ अर्ब २४ करोड रुपैयाँ लगेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.