
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको हो ।
बोर्डका अनुसार आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै, ग्रेड वृद्धि परीक्षामा सहभागी ४ हजार ९७६ मध्ये ३ हजार ५४० जना सफल भएका छन् ।
कुल १४ हजार ९१० विद्यार्थीमध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने २ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।


























