हङकङ सिक्सेसमा भारतमाथि नेपालको शानदार जित

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कार्तिक २२, शनिबार १२:३६

काठमाडौं । हङकङ सिक्सेसको खेलमा नेपालले भारतलाई पराजित गरेको छ । फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अलआउट हुँदै ४५ रन मात्रै बनायो ।

Advertisement

नेपालका रसिद खानले ३ विकेट लिँदा बसिर अहमदले २ तथा रूपेस सिंहले १ विकेट लिए । रसिद खानले एकै ओभरमा तीन विकेट लिँदै भारतलाई अलआउट गरेका थिए ।

पहिले ब्याटिङ गरेको नेपालले विकेट नगुमाइ १३७ रन जोडेको थियो ।

नेपालका लागि रसिद खानले ५५ रन बनाए । सन्दीप जोराले १२ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ४७ रन बनाए । लोकेश बमले ७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३१ रन जोडे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.