
काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगलमाथि आयरल्यान्डले २– ० को जित निकालेको छ । विश्वकप २०२६ छनोट अन्तर्गत शुक्रबार भएको खेलमा ट्रोय प्यारटले आयरल्यान्डका लागि दुवै गोल गरे । खेलको ६१ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएका थिए ।
प्यारटले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै आयरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। ४५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफमा पोर्चुगलले खेलमा फर्किने प्रयास गरेको थियो । तर, ६१ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि टोली थप दबाबमा पर्याे ।
जितसँगै आयरल्यान्डले विश्वकपमा पुग्ने आफ्नो आशा बलियो बनाएको छ ।



















