रोमाञ्चक खेल्दै सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर ३, बुधबार १९:५२
रोमाञ्चक खेल्दै सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात

काठमाडौं । हारको संघारमा पुगिसकेको खेललाई उत्कृष्ट पुनरागमन गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा रोमाञ्चक जित हासिल गरेको छ ।

एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम फाइनलमा पुगेर जनकपुरसँग पराजित भएको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई २९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौं गुर्खाज १६.५ ओभरमा ११८ रनमै अलआउट भयो ।

काठमाडौंले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले २० ओभरमा १० विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.