इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड सुनिश्चित, टेन्डर प्रक्रिया खुला

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १४, सोमबार १३:४४

विराटनगर । गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका इलाम जिल्लाका सडक र पुल पुनर्निर्माणका लागि सरकारले २ अर्ब १९ करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव गरेका कार्यक्रमहरूमा उक्त रकमका लागि स्रोत सहमति दिएसँगै लामो समयदेखि रोकिएको पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने अवस्था बनेको हो । मनसुनजन्य विपदबाट क्षतिग्रस्त भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, माईखोला पुल बेलवासे, पुवा खोला पुल, जोगमाई खोला पुल तथा मेची करिडोरअन्तर्गतका सडक संरचनाको मर्मत तथा पुनर्निर्माणमा बजेट खर्च गरिने छ ।

ती संरचनाहरू क्षतिग्रस्त भएपछि पूर्वी पहाडी जिल्ला इलामको यातायात सेवा लामो समयसम्म प्रभावित हुँदै आएको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ भने निकासा गरिसकेको छ ।

बाँकी रकमको पनि स्रोत सहमति प्राप्त भइसकेकाले अब पुनर्निर्माणका लागि खरिद तथा ठेक्का (टेन्डर) प्रक्रिया सुरु गर्न कुनै अवरोध नरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । यससँगै सडक तथा पुल पुनर्निर्माणका ठूला कामहरू औपचारिक रूपमा अगाडि बढ्ने भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विपदबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भइसकेकाले ढिलाइ नगरी टेन्डर प्रक्रिया अघि बढाउन सडक विभागलाई निर्देशन दिएका छन् । उनका अनुसार पुनर्निर्माण कार्य सडक विभाग मातहतको सडक डिभिजन कार्यालय इलाममार्फत कार्यान्वयन गरिने छ ।

असोज महिनाको मनसुनजन्य विपद्ले इलाममा ३९ जनाको ज्यान गएको थियो भने सडक, पुल, बस्ती र अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै सरकारले असोज २३ गते इलाम जिल्लालाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो ।

सरकारको पछिल्लो निर्णयसँगै इलामका क्षतिग्रस्त सडक र पुल पुनर्निर्माणले गति लिने अपेक्षा गरिएको छ । साथै, लामो समयदेखि असहज बनेको यातायात व्यवस्था क्रमशः सहज हुने विश्वास स्थानीयवासीहरूले गरेका छन् ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.