छानबिन आयोगको निष्पक्षतामाथि मुख्यमन्त्री कार्कीको प्रश्न

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार १२:३५

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको वर्तमान सुरक्षा अवस्था र जेनजी आन्दोलनका विषयमा छानबिन गर्न सरकारले गठन गरेको आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार र छानबिन आयोगप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।

विराटनगरमा १४ जिल्लाका सुरक्षा निकाय र केन्द्रीय सुरक्षा नेतृत्व सहभागी गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते मुलुकभर भएको विध्वंसका बेला सुरक्षा निकाय र गुप्तचरी संयन्त्रले पूर्वसूचना पाउन नसक्नु दुःखद भएको बताए । उनले सुरक्षा फौजको ठुलो संख्या हुँदाहुँदै पनि मेचीदेखि महाकालीसम्म एकै प्रकृतिका हिंसात्मक घटना हुनुले राज्यको सुरक्षा संयन्त्र कहाँ चुक्यो भन्ने गम्भीर प्रश्न खडा गरेको उल्लेख गरे ।

आयोगको नेतृत्वप्रति आपत्ति गृहमन्त्री सहभागी भएको कार्यक्रममै मुख्यमन्त्री कार्कीले छानबिन आयोगको नेतृत्वप्रति कडा आपत्ति जनाए। आयोगका अध्यक्ष गौरीबहादुर कार्की आफैँ घटनाका दिन विवादित भूमिकामा रहेको दाबी गर्दै उनले भने, ‘जुन व्यक्ति घटनाका बेला विवादित भूमिकामा देखिएका थिए, उनकै नेतृत्वको आयोगले कसरी निष्पक्ष छानबिन गर्न सक्छ? प्राकृतिक न्यायको सिद्धान्तले पनि यस्तो नियुक्तिलाई स्वीकार गर्दैन ।’ नेकपा (एमाले) र पार्टी अध्यक्ष केपी शर्मा ओलीले यस्तो पूर्वाग्रही आयोगलाई बयान नदिने निर्णय गरिसकेको उनले प्रस्ट पारे ।

सुरक्षा चुनौती र निर्वाचन देशको वर्तमान अवस्था ‘आउट अफ कन्ट्रोल’ रहेको जिकिर गर्दै मुख्यमन्त्री कार्कीले स्थिति वशमा नरहेको यथार्थ देखिएको बताए । फरार कैदीबन्दी, लुटिएका हतियार तथा गोलीगठ्ठा अझै बरामद नहुँदा निष्पक्ष निर्वाचन गराउनु ठुलो चुनौती रहेको उनको भनाइ छ ।

उनले नेपालको इतिहासमा धेरै प्रकृतिका विद्रोहहरू भए पनि ती सबैलाई सरकारले दायराभित्रै राखेको तर पछिल्लो घटनाले त्यो स्थितिलाई अन्त्य गरिदिएको टिप्पणी गरे । प्रधानमन्त्री र गृहमन्त्री दुवै कानुनको क्षेत्रबाट आएका व्यक्ति भएकाले यस्ता कमजोरीहरूलाई तत्काल सच्याउनुपर्ने उनले सुझाव दिए । यस्ता गल्ती नसच्याइए मुलुक दीर्घकालीन रूपमा थप जटिल मोडमा पुग्ने चेतावनी समेत उनले दिए ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.