सुनसरी घटना: छुट्टाछुट्टै समितिद्वारा छानबिन सुरु

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १६:५३

विराटनगर । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन दुईवटा छानबिन समितिले काम सुरु गरेका छन्। तस्करी नियन्त्रणका क्रममा बुधबार राति भएको भनिएको यस घटनाले स्थानीय स्तरमा ठूलो आक्रोश पैदा गरेपछि प्रशासनले छानबिनलाई तीव्रता दिएको हो।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बिहीबार भएको सहमति अनुसार सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय जिल्लास्तरीय समिति गठन गरिएको छ। सात दिनभित्र प्रतिवेदन बुझाउने म्याद पाएको यस समितिले आजबाटै काम थालेको छ। समितिका सदस्यहरूमा जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्रबहादुर खड्का र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी रहेका छन्।

पूरै युनिट फिर्ता गरिँदै गोली चलाउने सशस्त्र प्रहरीका हवल्दार नवराज खतिवडालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय बोलाएर अनुसन्धान सुरु गरिएको छ। घटनाको जिम्मेवारी लिँदै सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीले बीओपी लौकहीका प्रहरी निरीक्षक मनिषकुमार कटुवालसहितको पूरै युनिटलाई बाहिनी फिर्ता बोलाउने निर्णय गरेको छ।

डीआईजी कुमार न्यौपानेका अनुसार मृतकको पोस्टमार्टम र अन्त्येष्टि लगत्तै उक्त युनिट फिर्ता हुनेछ र त्यहाँ नयाँ नेतृत्वमा अर्को टोली खटाइनेछ। यस्तै, सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि एसएसपी रविनराज कर्णजीतको नेतृत्वमा छुट्टै केन्द्रीय छानबिन समिति बनाएको छ।

प्रशासन र मृतकका परिवारबीच भएको वार्तामा तत्काल एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराउने सहमति भएको छ। छानबिनका क्रममा सुरक्षाकर्मीको लापरवाही देखिएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने र पीडित परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने आश्वासन दिइएको छ।

सशस्त्र प्रहरीले तस्करीको मालसामान ल्याउँदै गर्दा ‘दोहोरो भिडन्त’ मा साहको मृत्यु भएको दाबी गरे पनि मृतकका परिवार र स्थानीयले भने उक्त दाबीलाई ठाडै अस्वीकार गरेका छन्। सत्यतथ्य बाहिर ल्याउन समितिले प्रत्यक्षदर्शी, स्थानीय र घटनामा संलग्न सुरक्षाकर्मीसँग बयान लिने तयारी गरेको छ ।

सुनसरी गोलीकाण्ड: सशस्त्रका वरिष्ठ हवल्दार प्रहरी नियन्त्रणमा

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.