सञ्चालनमा आयो भद्रपुर विमानस्थल 

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार १४:३७

विराटनगर ।  बुद्ध एयरको जहाज दुर्घटनापछि ठप्प बनेको भद्रपुर विमानस्थल आज बिहान १० बजेदेखि पुनः सञ्चालनमा आएको छ। हुस्सु हटेर भिजिबिलिटी स्पष्ट भएसँगै विमानस्थलमा उडान र अवतरण सुचारु भएको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए। उनका अनुसार अहिले विमानस्थलको अवस्था सामान्य रहेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा रहेको उच्चस्तरीय प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर अवतरण गरिसकेको छ। प्राविधिक टोली बोकेको जहाज नै विमानस्थल खुलेपछि आज अवतरण गर्ने पहिलो विमान बनेको थियो।

टोलीले रनवेबाट बाहिर गएको बुद्ध एयरको जहाजको प्राविधिक अध्ययन र मर्मतको काम सुरु गरिसकेको छ। जहाजलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न र घटनाको विस्तृत छानबिनका लागि प्राविधिकहरू खटिएका छन्।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.