देशभर सवारी दुर्घटनाः पैदलयात्रीदेखि चालकसम्म ७ जनाको मृत्यु

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १९, शनिबार १६:३८
फाइल फोटो ।

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

मोरङ, धनुषा, नवलपरासी (पूर्व र पश्चिम), कपिलवस्तु, भक्तपुर र सिराहामा भएका दुर्घटनामा पैदलयात्री, साइकलयात्री, मोटरसाइकल चालक र सवारीमा सवार व्यक्तिले ज्यान गुमाएका हुन् । मोरङको बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गमा झापाबाट विराटनगरतर्फ जाँदै गरेको हायस गाडीले ठक्कर दिँदा ५५ वर्षीय पैदलयात्री सुगबहादुर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका धिमालको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियामा भारतीय नम्बर प्लेटको कार अनियन्त्रित भई दुर्घटना हुँदा भारतको पटना निवासी ७५ वर्षीय विजय प्रकाशको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य २ जना घाइते भएका छन् भने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–३ कीर्तिपुरमा टिपरले ठक्कर दिँदा ३५ वर्षीय साइकलयात्री दिलीपकुमार क्षेत्रीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ इमिलियामा टिपरकै ठक्करबाट ८२ वर्षीय पैदलयात्री खिमबहादुर सुनारको ज्यान गएको छ ।

भक्तपुर नगरपालिका–३ फसिदेबल क्षेत्रमा जिपको ठक्करबाट ४ वर्षीया बालिका हर्षिका शाहीको मृत्यु भएको छ । दुर्घटनापछि जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा ६९ वर्षीय दलसिंह थापाको मृत्यु भएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

सिराहाको बरियारपट्टी गाउँपालिका क्षेत्रमा स्कार्पियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा २३ वर्षीय नदिन अन्सारीको ज्यान गएको छ । उक्त दुर्घटनापछि स्कार्पियो चालक फरार रहेकाले खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अधिकांश दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिइएको छ । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाउँदै प्रहरीले सवारी साधन चलाउँदा गति नियन्त्रण र ट्राफिक नियमको पालनामा ध्यान दिन सबैमा आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.