भीमफेदी दुर्घटनाका ६ जना मृतकमध्ये ५ को सनाखत

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १२:१४

काठमाडौँ । हेटौँडा-काठमाडौँ जोड्ने भीमफेदी-कुलेखानी सडक खण्डको जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ज्यान गुमाउने ६ जनामध्ये ५ जनाको सनाखत भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा यो दुखद घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा हेटौँडाका सबिता लम्साल (४० वर्ष), निखिल अग्रवाल (२९ वर्ष) र कृष्णप्रसाद फुँयाल (५६ वर्ष) रहेका छन्। त्यस्तै, भारतको विहार राज्यका अरबिन्द कुमार (५० वर्ष) र रजनिस कुमार (४२ वर्ष) को पनि दुर्घटनामा मृत्यु भएको छ। ज्यान गुमाउने अर्का एक पुरुषको भने अझै पहिचान हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका सुमो चालक गणेश थापा र १२ वर्षीया अभ्यास लम्सालको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अर्की घाइते रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। आइतबार साँझ दुर्घटना लगत्तै उद्धार गरी अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.