विराटनगरकाे ट्राफिक लाइट एक सातामै बिग्रियो

Share this
791shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र ३, सोमबार १८:२८

विराटनगर । सवारी दुर्घटना न्यूनीकरणका लागि विराटनगरमा जडान गरिएको ट्राफिक लाइट हप्ता दिनैमै बिग्रिएको छ । साउन २१ गते २३ लाख रुपैयाँ लागतमा बरगाछी चोकको चारैतर्फ ट्राफिक लाइट जडान गरिएको मध्ये पश्चिततर्फ हप्ता दिनमै बिग्रिएको हो ।

कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिकाको २, ३, ४ र ५ नम्बर वडाको संगमस्थल बरगाछी चोकमा पछिल्लो समय सवारीसाधनको व्यापक चापका कारण दैनिक दुर्घटना हुने गरेको थियो ।

Advertisement

बरगाछी चोकमा बढ्दो सवारी चाप र सवारी दुर्घटना न्यूनीकरण गर्न, सडक सुशासन कायम राख्ने गर्ने उद्देश्यका साथ ट्राफिक लाइट जडान गरेको कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुरुवात गरेको हप्ता दिनमै लाइट बिग्रिएपछि मर्मत गर्नेतर्फ कसैले पनि ध्यान नदिँदा लाइट अनुसार सवारी चलाउन र बाटो काट्न समस्या परेको सर्वसाधरणले बताएका छन् । उनीहरुले विराटनगरमा पहिलो पटक लाइट जडान गरेर लाइट अनुसार चल्न र चलाउन अभ्यस्त नहुँदा सुरुमा समस्या हुने गरेको बताए । तर, अभ्यस्त नहुँदै लाइट बिग्रिएका कारण सडकमा समस्या झेल्नु परेको स्थानीय बताउँछन् ।

तामझामका साथ आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितमा लाइटको उद्घाटन गरिएको थियो । प्रदेश सरकारले इटहरी पछाडि विराटनगरमा ट्राफिक लाइट जडान गरेको हो ।

बरगाछी चोकको पश्चिमतर्फ रहेको लाइट साउन २७ गते नै बिग्रिएको र हालसम्म सम्बन्धित निकायले बनाउनेतर्फ ध्यान नदिँदा ट्राफिक प्रहरी र सवारी चालकलाई समस्या परेको उनीहरु बताउँछन् ।

समय समयमा एकै पटक सबै लाइट झ्याप झ्याप जाने समस्याले थप दुर्घटना निम्तनसक्ने ट्राफिक प्रहरी बताउँछन् । एक ट्राफिकले भने, ‘डिउटीमा हामी हुन्छौं । सडकमा हुने दुर्घटनाको जिम्मा हामीले लिनुपर्ने हुन्छ । लाइटअनुसार चल्दै गर्दा एक्कासी सबै लाइट बन्द हुने मात्रै नभई झ्याप–झ्याप जाने गर्दा दुर्घटनाको उच्च जोखिम हुन्छ । कसैले ध्यान दिएको छैन ।’

पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा दैनिक सवारी दुर्घटना र सवारी चापका साथै सडक सुशासनविपरीत हुने कार्यलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडानको थालिएको बताउँदै, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले भने, ‘प्रदेशका दुर्घटना बढी हुने स्थानको पहिचान गरी दुर्घटनाको कारण पत्ता लगाएर न्यूनीकरण गर्ने अभियान थालेका छौं । सवारी चालकले पनि सडक अनुसार आफ्नो सवारी साधन चलाउने र पैदल यात्रीले पनि सडकमा ध्यान दिए दुर्घटनामा कमी आउन सक्ने थियो । ट्राफिक लाइट जडानको अभियान प्रदेशभर सञ्चालन हुनेछ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी सुभास कार्कीले ट्राफिक लाइट सेट अफ गर्ने ‘स्वीचन र यार्सा टेक्नोलोजी’लाई बनाउन भनेको बताए । ट्राफिक लाइट जडान भएपछि दुर्घटनामा कमीमा आउने भए पनि सडक संरचना अनुसारको लाइट जडान नभएको बताउँदै, स्थानीय रोशन बुढाथोकीले भने, ‘लाइट जडान राम्रो पक्ष हो । तर, सडक अनुसारको भएन किनभने चोकदेखि पूर्वको सडक साँघुरो हुँदा समस्या हुने गरेको छ । लाइट जडान भएको हप्ता दिन नबित्दै बिग्रन थालेकोले थप समस्या सुरु भइसकेको छ ।’

दैनिक एक लाखको हाराहारीमा सवारी साधन गुड्ने धरान, इटहरी सडकखण्डमा सडक संरचना भने साँघुरा हुँदा भीडभाड बढ्दै गएको छ । ट्राफिक लाइट बिग्रिएपछि लाइट जडान गर्ने कम्पनी र आन्तरिक मामिला मन्त्रालयलाई समस्याको जानकारी गराइसकेको बताउँदै, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले भने, ‘समस्याको जानकारी गराए पनि मर्मत नगर्दा समस्या भएको छ । ट्राफिक लाइटको अभ्यास गराउँदै आएको छौं । तर, पश्चिमतर्फको लाइट बिग्रेका कारण समस्या आएको छ ।’

तपाइको प्रतिक्रिया
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
छुट्टाछुट्टै आक्रमणमा २६ जनाको मृत्यु
बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×