नेपाल प्रिमियर लिग क्यानले नै गर्ने

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ४, मंगलबार ०७:२५

काठमाडौं । नेपालको टी–२० फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग (एनपिएल) १७ मंसिरबाट गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले १५ मंसिरदेखि ६ पुससम्म प्रतियोगिता गर्ने तयारी गरेको हो ।

दुई वर्ष अगाडि क्रिकेट संघले भारतीय कम्पनीलाई सम्पूर्ण अधिकार दिएर टी–२० लिग गरेको थियो । तर प्रतियोगिता विवादमा परेको थियो । क्यानमा नयाँ कार्यसमिति चयन भएपछि लिगलाई आफ्नै आयोजना गर्ने भएको हो ।

क्यानले हालै मात्र फ्रन्चाइज टोलीको स्वामित्वका लागि सूचना निकालेको थियो । ६ टिमका लागि १६ वटा आवेदन परेको छ ।  पूर्व कप्तान समेत रहेका क्रिकेट संघका सचिव पारस खड्काले सबैको सहयोग चाहिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.