बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १९:३९

काठमाडौं । पाचौं एसिया / प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन प्रस्थान गर्ने भएको छ । नोभेम्बर २० देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष / महिला दुवै टोलीले प्रतिस्पर्धा गर्ने छ ।

पुरुष टोलीका खेलाडीमा सन्जित श्रेष्ठ, रोहन खड्का, निर्मल बोहरा, महेन्द्र लिम्बू फुडोङ, चेतन गुरुङ, सूर्यबहादुर गुरुङ, दीपक कटुवाल, ईश्वर गिरी, राजीव चौलागाईं, निसान बराल, पासाङ शेर्पा, बलबहादुर सुनुवार, डाककुमार मगर, धनजीत मगर, विशाल लामा, रमेशबहादुर भ्लोन, सनोज महर्जन र सूर्यकृष्ण चौलागाईं रहेका   छन् ।

प्रशिक्षकमा जयकृष्ण श्रेष्ठ, सहायक प्रशिक्षकमा अनिलबहादुर गुरुङ, व्यवस्थापकमा रोहित शर्मा र अफिसियलमा कुलप्रसाद भट्टराई छन् ।

महिला टोलीका खेलाडीमा प्रेरणा विक, दिब्या लौडारी, लिजा बुढा क्षेत्री, सलामा खातुन, निमा वाङमो लामा, दावा शेर्पा, फुडोमा शेर्पा, रिया न्यौपाने, मन्जिता कुसुले, अनिता कुँवर, मल्लिका थापा, आयुष्मा कार्की, शशी राई, जमुना आचार्य र वर्षा गुरुङ रहेका छन् ।
प्रशिक्षकमा अनु लामा तथा ट्रेनरमा नवराज श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य ललिता नाथ र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.