
काठमाडौं । दुर्घटनामा परेर हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।
कार्की सवार प्रदेश ०२–००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ मा दुर्घटनामा परेको थियो । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको गाडी दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । गत स्थानीय निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए ।























