मर्स्याङ्दीमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ७, शुक्रबार १३:४७

विराटनगर । मर्स्याङ्दीमा भारतीय नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहराबाट शुक्रबार बस नदीमा खसेर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेको अन्य १६ जनाको उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बस दुर्घटना भएको स्थलबाट मृत अवस्थामा १४ जना शव निकालिएको र सनाखत हुन बाँकी रहेको छ ।

उद्धार गरिएकामध्ये १६ जनालाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको बताइएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको बसमा भारतीय नागरिकहरू मात्रै रहेको अनुमान प्रहरीले गरेको छ ।

बसमा चालक र सहचालकसहित ४३ जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका साथै स्थानीयहरुले उद्धार गर्नुकासार्थ अन्य यात्रुहरुको खोजी कार्यलाई तीव्र पारिएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.