विराटनगरका शक्तिराज मथुरामा बेपत्ता 

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ७, शुक्रबार १७:५४

विराटनगर । विराटनगरका एक वृद्ध भारतको यमुना नदीमा डुबेर बेपत्ता भएका छन् । धार्मिक यात्राका लागि भारतको वृन्दावन धाम मथुरामा पुगेका शक्तिराज तिमल्सेना मथुरास्थित यमुना नदीमा डुबेर बेपत्ता भएका हुन् ।

तिमल्सेना विराटनगर महानगरपालिका– ३ का बासिन्दा हुन् । रक्षा बन्धनको दिन उनी  यमुना नदी पितृलाई जल अर्पणको क्रममा यमुना नदीमा बुडेर बेपत्ता भएको परिवारका सदस्यले जनाएका छन् ।

उनको खोजी कार्य जारी रहे पनि अझैसम्म शव भेटिएको छैन । शव नभेटिएपछि उनको परिवारले विराटनगरमा शनिबार कुशको शव आकार बनाएर अन्तिम संस्कार गर्ने तयारी भएकाे उनकाे परिवारका सदस्य उत्तम तिमल्सेनाले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.