
काठमाडौँ । ओखलढुंगाकी एक विपन्न महिलाको ब्रेन ट्युमरको उपचार सांसद शुनिल शर्माले नि:शुल्क गरिदिएका छन् ।
आर्थिक अभावका कारण उपचार गर्न नसकेकी चिशंखुगढी –३ दियालेकी कमला शंकरको काठमाडाैँ मेडिकल कलेज (केएमसी) मा ब्रेन टयुमरको निःशुल्क शल्यक्रिया गरिदिएका हुन् ।
नेपाली कांग्रेसका सांसद शर्माले आर्थिक अभावका कारण टयुमर पीडित महिला घरमै रहेको जानकारी पाएपछि उपचार नि:शुल्क गरेका हुन् ।























