
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–४ हेमपुरका पूर्ववडाध्यक्षको मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।
बरहथवा नगरपालिका–१० सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए ।
कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजेतिर साइकलमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल र साइकल ठोकिएर दुर्घटनामा हुँदा यादवको घटनास्थलमै निधन भएको प्रहरी उपरीक्षक सिंहले बताए ।
यादवले चलाएको मोटरसाइकलले साइकललाई ठक्कर दिएको बताउँदै, प्रहरी उपरीक्षक सिंहले भने, ‘साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहे पनि साइकल चालक फरार भएका छन् । यादवको घटनास्थलममै मृत्यु भएको देखेपछि डरले साइकल चालक फरार भएको हुनुपर्छ ।
साइकल चालकको पहिचान र खोजी कार्य भइरहेको छ ।’























