अरुण तेस्रोका मजदुरलाई खोलाले बगायाे

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ८, शनिबार १७:३८

संखुवासभा । संखुवासभाको कागुवा खोलाले अरुण तेस्रो जलविद्युत् परियोजनाको एक जना मजदुरलाई बगाउँदा बेपत्ता भएका छन् ।

खाँदबारी नगरपालिका–४ सेकाहाका ४५ वर्षीय गंगाबहादुर गुरुङलाई खोलाले बगाउँदा बेपत्ता भएका संखुवासभा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गुरुङ अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर हुन् ।

बिदामा घर फर्किंदै गरेका गुरुङ शनिबार बिहान साढे ७ बजेतिर कागुवा खोला क्रममा खोलाले बगाउँदा बेपत्ता भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

गुरुङको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.