रंगेलीको पोखरीमा डुबेर १ जनाको मृत्यु

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १२, बुधबार १३:३१

विराटनगर । मोरङको रंगेलीमा रहेको पोखरीमा डुबेर बुधबार बिहान १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रंगेली नगरपालिका–१ दुर्गापुरका ५५ वर्षीय सत्यनारायण साहको मृत्यु भएको हो । नुहाउने क्रममा उनी स्थानीय जनकलाल ठाकुरको पोखरीमा बिहान ११ बजेतिर डुबेका थिए ।

पोखरीमा डुबेका साहलाई मृत फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । स्थानीयको सहयोगमा प्रहरीले शवलाई पोखरीबाट बाहिर निकालेको छ । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी बस्नेतले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.