शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालनमा आउँछः स्वास्थ्यमन्त्री पौडेल

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १३, बिहीबार २०:१४

विराटनगर । विराटनगरस्थित शैलजा आचार्य हृदय रोग निवारण केन्द्रको बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा मन्त्री पौडेलले हृदय रोग केन्द्र चाँडै सञ्चालनमा आउने बताएका हुन् । उनले हृदय रोग केन्द्रमा सबै खालका भौतिक पूर्वाधार तयार रहेको र केही उपकरण जडान गरे मात्रै पूर्ण रुपमा मुटु रोगको उपचार गर्न सकिने अवस्था रहेका कारण तीन तहको सरकारको सहकार्यमा अस्पताल चाँडै सञ्चालन गर्न सकिने बताए ।

मन्त्री पौडेलले अस्पतालका लागि आवश्यक विशेषज्ञ चिकित्सक गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौंबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘अस्पतालमा सबै खालका पूर्वाधार तयार रहेका कारण विशेषज्ञ डाक्टरहरूको व्यवस्थापन गरी चाँडै अस्पताल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।’

तत्कालीन मुख्यमन्त्री केदार कार्कीले कोभिड विशेष अस्पतालको नाम परिवर्तन गरी शैलजा आचार्य हृदय रोग केन्द्र नामांकन गरेका थिए । अस्पतालको अनुगमनमा पुगेका मन्त्री पौडेलले चाँडै अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्न संघीय सरकार सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अस्पतालमा हाल ओपिडी (बहिरंग) सेवा मात्रै सञ्चालनमा छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको विधान संशोधन प्रस्ताव पारित
कांग्रेस महाधिवेशनको बन्द सत्रमा छलफल सकियो, बुधबार प्रस्ताव र प्रतिवेदन पारित गरिँदै
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×