बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २०, मंगलबार १७:१७

एजेन्सी । बेल्जियममा जन्मिएका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको खोज तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानका लागि यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले स्टकहोममा पुरस्कार घोषणा गरेको हो । ८२ वर्षीय हालजेन अमेरिकाको विस्कन्सिन–म्याडिसन विश्वविद्यालयसँग आबद्ध छन् ।

उच्च–ऊर्जा न्युट्रिनो ब्रह्माण्डका अत्यन्त ऊर्जाशील स्रोतबाट आउने सूक्ष्म कण हुन् । उनको अनुसन्धान तथा आइसक्यूब न्युट्रिनो वेधशालामा पुर्‍याएको योगदानले यस्ता कणको खगोलीय मूल पहिचान र अध्ययनमा महत्त्वपूर्ण आधार तयार गरेको छ । यस वर्षको नोबेल पुरस्कारको रकम एक करोड २० लाख स्विडिस क्रोनर छ । यो रकम करिब १२ लाख अमेरिकी डलर बराबर हो । पुरस्कार एक जना व्यक्ति, केही पुरस्कार विजेताको समूह वा कुनै संस्थालाई प्रदान गर्न सकिने व्यवस्था छ ।

गत वर्ष तीन जना वैज्ञानिकले परमाणुभन्दा साना कणमा देखिने ‘क्वान्टम टनेलिङ’ नामक असामान्य घटनासम्बन्धी अनुसन्धानका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनीहरूको अनुसन्धानले एमआरआई उपकरणबाट अत्यन्त संवेदनशील मापन गर्न सकिने प्रविधिको विकासमा सहयोग पुर्‍याउनुका साथै अझ प्रभावकारी मोबाइल फोन र तीव्र गतिको कम्प्युटर विकासका लागि आधार तयार गरेको थियो ।

यस वर्षको नोबेल पुरस्कार घोषणा सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कारबाट सुरु भएको हो । सो पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ । उनीहरूको अनुसन्धानले मस्तिष्कले कसरी काम गर्छ भन्ने अध्ययनका लागि प्रकाशको प्रयोग गर्ने उपकरण विकास गर्न योगदान पुर्‍याएको छ ।

नोबेल पुरस्कारअन्तर्गत बिहीबार रसायनशास्त्र र साहित्यतर्फका पुरस्कार घोषणा गरिनेछ । शुक्रबार शान्तितर्फको पुरस्कार प्रदान गरिनेछ भने आगामी सोमबार आर्थिक विज्ञानतर्फको नोबेल स्मृति पुरस्कार घोषणा गरिने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.